Thursday, November 4, 2010


ननिदाउने सहरमा नकुल

नरेन्द्र रौले
'अचेल म प्रायः हाँसिरहेको हुन्छु' अलिकति रोकिँदै उनले मुख खोले, 'किन थाहा छ ?' झरी परिरहेको काठमाडौंको साँझ उनले भने, 'म  आफ्नो परिवारसँग छु। नेपाली बोलिरहेको छु र देशको अवस्था जस्तो भए पनि सकारात्मक छु।' 

यसो भनिरहँदा नकुल शेरचनका आँखाभरि सपना थिए। मनभरि योजना थिए र उनीभित्र रहरहरू सलबलाइरहेका थिए। किनभने देशको अवस्था  निराशालाग्दो छ भन्ने जान्दाजान्दै उनी कैयौं माइल टाढा जापानबाट फर्किएका थिए, एउटा अठोट बोकेर। विदेशमा सिकेको सीप उनी आफ्नै  माटोमा खर्चिन चाहन्थे। कमाएको धन स्वदेशमै लगानी गर्ने इच्छा थियो। नकुललाई देशको प्रेमले लपक्कै छोपेकोे थियो। जापान बस्दा उनलाई  कुनै चीजको कमी थिएन। सुख, सुविधा, घर, गाडी, पैसा उनको मुठ्ठीको कुरा थियो। नकुलले खोजेको, चाहेको सबै चीज भेटिए तर 'ने पालीपन' कतै भेटिएन। 

संसार बुझेको छु भनेर धक्कु नलगाए हुन्छ

अश्विनी कोइराला
रिजन कार्की नेपालको सबैभन्दा फुच्चे वैज्ञानिकमा दरिएका छन्। दस कक्षा पढ्दा-पढ्दै न्यूटनले प्रतिपादन गरेको गुरुत्वाकर्षणसम्बन्धी सूत्रमा  कमजोरी रहेको सार्वजनिक घोषणा गर्ने रिजन त्यही सिलसिलामा अमेरिकाको सबैभन्दा ठूलो विज्ञान र प्रविधिको केन्द्र नासा पुगे। नासाका वै ज्ञानिकले उनको चुनौती स्वीकार गरेनन्, तर भविष्यको सम्भावित ठूला वैज्ञानिकका रूपमा उनको सराहना गरे। दोस्रो पटक विश्वकै ठूलो  ऊर्जासम्बन्धी अमेरिकी संस्था हेस फाउन्डेसनले रिजनको इन्धनबिनाको पहाडी रेलको सूत्रलाई भने मान्यता दियो। अमेरिका पुगेका बेला त्यहाँका कलेजले पूर्ण छात्रबृत्तिमा पढ्ने निम्तो दिए पनि उनी  काठमाडौंमै बिएस्सी पढ्न थालेका छन्। मध्यमवर्गीय परिवारका विराटनगरवासी  रिजनसँग साप्ताहिकले उनीजस्ता तीक्ष्ण बुद्धिका युवाहरूका बारेमा लामो कुराकानी गर्‍यो।